बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ बन्दसूचीमा परेका कांग्रेसका उम्मेदवारहरू

शुक्रबार, २१ असोज २०७९, १९ : १४
शुक्रबार, २१ असोज २०७९

नेपाली कांग्रेसले  कर्णाली प्रदेश सभाका लागि समानुपातिक तर्फ १६ जनाको नाम निर्वाचन आयोगलाई बुझाएको छ । बन्दसूचीमा पर्नेमा सुर्खेतबाट ४, दैलेख, सल्यान, रुकुम पश्चिम र हुम्लाका २/२ जना रहेका छन् ।  यस्तै मुगु, जाजरकोट, कालिकोट र जुम्ला १/१ जना परेका छन् ।

बन्द सुचीमा पर्ने उम्मेदवार मध्ये सुर्खेतबाट खस आर्यतर्फ झकबहादुर डाँगी, जानकी सिंह, आदिवासी जनजातिबाट वलीमाया बुढा र दलिततर्फ सन्जु सिं विश्वकर्मा रहेका छन् । यस्तै दैलेखबाट खस आर्यतर्फ इन्द्रकुमारी शाही र आदिवासी जनजातितर्फ रवीन्द्र श्रेष्ठ रहेका छन् । सल्यानबाट खस आर्यतर्फ नेत्रलाल पौडेल, दलितबाट लक्ष्मी सुनार, हुम्लाबाट खस आर्यतर्फ विजया बुढा र दलितबाट रामबहादुर टमटा, रुकुम पश्चिमबाट खस आर्यतर्फ तिलक भण्डारी र सीता वली रहेका छन् । 

यस्तै जाजरकोटबाट खस आर्यतर्फ रत्न अधिकारी, जुम्ला खस आर्यतर्फबाट नरवीर रावत, मुगु खस आर्यबाट सूर्यदेव मल्ल र कालिकोट दलित तर्फ छाया सुनार रहेका छन् ।  ्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप