एमाले–राप्रपा तालमेल भोलि ‘फाइनल’ हुने
नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको खाका शनिबार तय हुने भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताबीच भएको छलफलमा तालमेललाई करिब करिब अन्तिम रुप दिइएको स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुक्रबार करिब तीन घण्टा भएको छलफलमा दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालमेलको खाका तयार पारेको हो । छलफलमा सहभागी राप्रपा नेता बुद्धिमान तामाङका अनुसार एमालेसँग तालमेलबारे ८० प्रतिशत सहमति भइसकेको छ । बाँकी २० प्रतिशतमा शनिबार सहमति जुट्ने उनले बताए ।
‘मोटामोटी सहमति जुटिसक्यो भन्दा पनि हुन्छ,’ तामाङले रातोपाटीसँग भने, ‘शुक्रबार एमाले अध्यक्षसँग निकै सकारात्मक ढंगले छलफल भयो, हामीले ८० प्रतिशत सहमति जुटाइसकेका छौं, बाँकी २० प्रतिशत भोलि टुङ्गिन्छ ।’
एमाले स्रोतले पनि राप्रपासँग तालमेलबारे करिबकरिब सहमति भइसकेको बतायो । ‘केही सिटमा आन्तरिक छलफल गर्नुपर्ने देखिएकाले आज टुङ्ग्याउन सम्भव भएन,’ एमाले अध्यक्ष ओली निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘राप्रपाले दाबी गरेका केही स्थानमा हाम्रा पार्टीबाट पनि सशक्त दाबी हुँदै आएको र हामीले दाबी गरेका केही सिटमा राप्रपाको सशक्त दाबी रहँदै आएको छ, त्यस्ता एक÷दुई सिटमा आफ्नो पार्टीबाट आकांक्षी रहेकासँग छलफल गरेर सिट बाँडफाँट टुङ्ग्याउन हामीले भोलिसम्मको समय लिएका छौं, भोलि तालमेलबारे टुङ्गो लाग्छ ।’
राप्रपाले निश्चित निर्वाचन क्षेत्रमा मात्र एमालेसँग तालमेल गर्न लागेको हो । ती बाहेकका निर्वाचन क्षेत्रमा भने एमालेसँगै पनि मित्रवत प्रतिस्पर्धा हुने राप्रपा नेता तामाङले बताए ।
‘एमालेसँग सबै क्षेत्रमा तालमेल हुने होइन,’ उनले भने, ‘केही निश्चित सिटमा तालमेल गर्ने हो, हाम्रो सहयोगमा एमालेले जित्नसक्ने र एमालेको सहयोगमा हामीले जित्नसक्ने केही सिटमा हाम्रो तालमेल रहन्छ, अन्यत्र हामी मित्रवत् प्रतिस्पर्धामा जान्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा