बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनसँग लोसपा पुनः वार्तामा

शुक्रबार, २१ असोज २०७९, १८ : १५
शुक्रबार, २१ असोज २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सत्ता गठबन्धन पुनः छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लोसपा र गठबन्धनबीच छलफल भइरहेको छ । 

लोसपाका नेताहरुले एक चरण आज दिउँसो कुराकानी गरेका थिए । गठबन्धनसँगको छलफलपछि बबरमहलस्थित पार्टी कार्यालयमा आन्तरिक छलफल सकेर लोसपाका नेताहरु बालुवाटार पुगेका छन् । लोसपाको आन्तरिक बैठकले सिटमा मोटामोटी एउटा समझदारी बनाएर गठबन्धनसँग वार्ता गर्ने तयारी गरेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार मधेश प्रदेशमा १५ सीटको माग गर्ने लोसपाको तयारी रहेको छ । लाेसपाका एक नेताले भने, ‘देशभरमा १५ सीटभन्दा बढी हाम्रो माग छ । त्यसमा मधेश प्रदेशमै १५ वटा सिटमा हाम्रो दाबी छ ।’ यद्यपि लोसपाको दावी रहेपनि त्यसमा तलमाथि गर्न सकिने ठाउँ राखिएको बताइएको छ ।


काँग्रेसका एक नेताका अनुसार मधेश प्रदेशमा लोसपालाई १० देखि १२ वटा सीट दिने गठबन्धनको तयारी छ । यसअघि जसपालाई दिएको सिटमा घटाएर मात्र लोसपालाई गठबन्धनमा सामेल गराउने चार दलको रणनीति छ । 

गठबन्धनमा जसपाले देशभर १६ सीट र त्यसमध्ये मधेश प्रदेशमा ११ सीट पाएको थियो । तर त्यसमा चित्त नबुझेपछि त्यहाँबाट निस्केको हो । जसपाले एमालेसँग तालमेल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप