शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा विरुद्ध एमालेले उम्मेदवारी नदिने

शुक्रबार, २१ असोज २०७९, १८ : ०१
शुक्रबार, २१ असोज २०७९

नेकपा एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिने भएको छ । एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाउने भएको हो । 

प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेलधुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । स्थानीय तहमा पनि एमाले र कांग्रेस बिपीबीच तालमेल भएको थियो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा पनि डडेलधुरामा तालमेल गर्ने भएको छ । 

केही दिनदेखि एमाले अध्यक्ष ओली र कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष मल्लबीच छलफल भएको थियो । एमालेले प्रतिनिधिसभाका लागि सिफारिस भएका पठनसिंह बोहरा प्रदेशसभा उम्मेदवार बनेपछि देउवाविरुद्ध मल्ल उम्मेदवार बन्ने निश्चित भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप