सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट बाँडफाँटमा लोसपाको माग कति हो, त्यसको बारेमा पनि छलफल हुने भनिएको छ । नेताहरु बालुवाटारबाट छलफल गरेर फर्केपछि अहिले लोसपाको केन्द्रीय कार्यालयमा शीर्ष नेताको बैठक बसिरहेको छ ।
कुन प्रदेशमा कति सीट लिने विषयमा छलफल गरी टुग्यांइसकेपछि पुनः काँग्रेससँग छलफल हुने बताइएको छ ।
यसअघि एमालेसँग चुनावी तालमेल गर्ने भनि लोसपाले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । तर सीट बाँडफाँटमा कुरा नमिलेपछि एमालेसँग चुनावी गठबन्धन नगर्ने निर्णयमा लोसपा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइन्छ : मन्त्री गुरुङ
-
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
-
बक्सअफिसको निष्पक्षतामा प्रश्न, सूचीबाट किन गायब भए फिल्म ?
-
केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजको पोल्टामा
-
आरआर क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनको आदेश
-
बारामा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु