सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट बाँडफाँटमा लोसपाको माग कति हो, त्यसको बारेमा पनि छलफल हुने भनिएको छ । नेताहरु बालुवाटारबाट छलफल गरेर फर्केपछि अहिले लोसपाको केन्द्रीय कार्यालयमा शीर्ष नेताको बैठक बसिरहेको छ ।
कुन प्रदेशमा कति सीट लिने विषयमा छलफल गरी टुग्यांइसकेपछि पुनः काँग्रेससँग छलफल हुने बताइएको छ ।
यसअघि एमालेसँग चुनावी तालमेल गर्ने भनि लोसपाले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । तर सीट बाँडफाँटमा कुरा नमिलेपछि एमालेसँग चुनावी गठबन्धन नगर्ने निर्णयमा लोसपा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण