शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले पाल्पाका ग्रामीण सडकहरू अवरुद्ध

शुक्रबार, २१ असोज २०७९, १५ : ३१
शुक्रबार, २१ असोज २०७९

पाल्पाको आर्यभञ्ज्याङ्–रामपुर सडकखण्ड दुई दिनदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डको स्याफत, ताहुँ लगायतका स्थानका ग्रामीण सडकमा खसेका पहिरोको कारण सडक अवरुद्ध भएका हुन् । निरन्तर पानी परेका कारण पहिरो हटाउन समस्या परेको छ ।

सडकमा खसेको पहिरोले दुई दिनदेखि सडक अवरुद्ध बनेको स्थानीय बासिन्दा पुरन शर्मा गैरेले बताए । सडक बन्द भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने पूर्वखोला, निस्दी, रामपुर, रम्भाका स्थानीय बासिन्दा प्रभावित बनेका छन् । दुई दिनदेखि अवरुद्ध बाटो खुलाउने प्रयास हालसम्म पनि नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

उता बाँसटारी–झडेव सडकखण्डको विभिन्न स्थानमा खसेको पहिरोले बिहीबार साँझदेखि नै सडक अवरुद्ध बनेको छ । यस्तै ग्रामीण क्षेत्रमा जाने सडक समेत पहिरोका कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग पनि बिहानदेखि पटक–पटक बन्द हुने र खुल्ने क्रम जारी छ । पानी पर्ने बित्तिकै सडकमा पहिरो खस्ने भएकाले यात्रा गर्दा सचेत भएर यात्रा गर्न पाल्पा प्रहरीले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप