जसपाले सत्ता गठबन्धन छाडेपछि चार मन्त्रीको पद धरापमा !
जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीको पद धरापमा पर्ने भएको छ । सत्ता गठबन्धन छाडेर प्रतिपक्षी एमालेसँग जसपाले चुनावी तालमेल गरेपछि चार मन्त्रीको पद धरापमा पर्ने देखिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माेहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको जिम्मेवारी खोस्ने भएका छन् ।
एक मन्त्रीले रातोपाटीसँग भने, ‘जसपा विपक्षी दलसँग चुनावी गठबन्धन गरेपनि यसका चार जना मन्त्रीको जिम्मेवारी खोसिन्छ होला ।’ ०७४ मा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । अहिले पनि सोही परिस्थिति आएको ती मन्त्रीको भनाइ छ ।
निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन । निर्वाचन आयोगका सह-प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’