शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–राप्रपा तालमेलबारे बालकोटमा १ बजे छलफल

शुक्रबार, २१ असोज २०७९, ०८ : ००
शुक्रबार, २१ असोज २०७९

नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्न आज शुक्रबार दुई दलका शीर्ष नेताबीच छलफल हुने भएको छ । छलफलका लागि अध्यक्ष ओलीले दिउँसो १ बजे समय दिएको राप्रपाका नेताहरूले बताएका छन् । 

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले दिउँसो १ बजे वार्ताको समय मिलाएको र आफूहरू ओली निवास बालकोट जाने तयारीमा रहेको बताए । ‘आज १ बजे वार्ता हुँदैछ । त्यसका लागि अध्यक्षसहित हामी बालकोट जाँदैछौँ’, उपाध्यक्ष तामाङले भने, ‘कति सिट र कहाँ कहाँ तालमेल गर्ने भन्ने वार्तापछि टुङ्गो लाग्छ ।’ 

एमालेले आजै जसपासँग पनि चुनावी तालमेलको लिखित सहमति गर्दैछ । ‘एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने पक्का छ । त्यसका लागि दुवै दलसँग आज सहमति गर्ने तयारी छ’, एमालेका एक शीर्ष नेताले भने, ‘जसपा र राप्रपाबाहेकका अन्य शक्तिहरूसँग पनि कुरा भइरहेको छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप