बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश

शुक्रबार, २१ असोज २०७९, ०८ : २२
शुक्रबार, २१ असोज २०७९

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन । 

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा  माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए ।  एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री  प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन । 

गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपालिकामा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी केशव राय चौधरी, एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य वडा  १,४,६,७,९,को वडा अध्यक्षको प्रत्यासीसहित पचासभन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप