देउवाले बोलाए उम्मेदवार छान्न कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सत्ता गठबन्धनको बैठकका कारण विहीबार बोलाइएको कार्यसम्पादन समितिको बैठक प्रभावित भएपछि देउवाले आज मध्यान्ह १२ गते पुनः बैठक बोलाएका हुन् ।
बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए । उनका अनुसार कांग्रेसमा प्रतिनिधिसभाको उम्मेदवार चयनमा खासै समस्या छैन
उनले भने, 'अधिकांश नेताको क्षेत्र निश्चित छ । प्रदेशमा अलिकति मिलाउनुपर्छ होला । उम्मेदवार चयनमा धेरै समस्या हुने देखिँदैन ।'
विहीबार विहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको भएपनि गठबन्धन बैठकमा कारण बस्दै नबसी स्थगित भएको थियो ।
गठबन्धनमा सहमति भएपछि कुनै पनि बेला बालुवाटार आउनुपर्ने भन्दै नेताहरुलाई स्ट्यान्ड बाइ बस्न भनिएको थियो । तर विहीबार राति ८ बजेसम्म बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि कांग्रेस नेताहरुलाई बालुवाटार नबोलाइएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा