जसपा एमालेसँग नजिकिएपछि बाबुरामको प्रतिक्रिया -'राजनीतिलाई व्यापारमा झार्ने काम भयो'
प्रत्यक्षतर्फका उम्मेदवारी दर्ताको समय नजिकिएसँगै दलहरु भागबण्डालाई अन्तिम रुप दिन जुटेका छन् । सिट बाँडफाँटमा सहमति नजुट्दा सत्ता गठबन्धन टुक्रिने खतरा बढेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने साना दलहरूलाई एकीकृत गर्न जुटेको छ ।
गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी एमालेसँग सहकार्यको तयारीमा जुटेपछि सत्ता गठबन्धन फुट निकट पुगेको हाे । जसपा एमालेसँग सहकार्य गर्ने तयारीमा जुट्दै गर्दा सोही पार्टीका पूर्व अध्यक्ष डा बाबुराम भट्टराईले भने व्यंग्य कस्न भ्याएका छन् ।
हाल नेपाल समाजवादी पार्टीको अध्यक्ष रहेका डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -'चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ। एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं!'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा