वालिङका पाँच घर पहिरोको जोखिममा
शुक्रबार, २१ असोज २०७९, ०७ : २९
![वालिङका पाँच घर पहिरोको जोखिममा](https://rpcdn.ratopati.com/media/albums/syangja_fASHpiZYG5.jpg)
अबिरल वर्षासँगै पहिरो खस्दा स्याङ्जाको वालिङका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिए ।
हिजो दिउँसो ३ बजे घर मुनीबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरुलाई छिमेकीको सारिएको उनले बताए । पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ ।
प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घरहरु जोखिममा परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु
-
धान रोपाइँ कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी
-
धान दिवसका अवसरमा सामूहिक रोपाइँ (तस्बिरहरू)
-
७ प्रतिशत ज्यालामा गहना दिने रिद्धि सिद्धिको अफर निरन्तर, हिराको गहनामा शतप्रतिशत ज्याला छुट
-
नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह
-
आज यी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह