शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी चार सडक अझै खुलेनन्, नारायणगढ–मुग्लिन सडक सुचारु

शुक्रबार, २१ असोज २०७९, ०७ : १८
शुक्रबार, २१ असोज २०७९

अविरल वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । सडक विभागका  साँफेबगर मार्तडी कोल्टी सडक, कर्णाली राजमार्गको जमुनाहा नेपालगञ्ज कोहलपुर सुर्खेत खुलालु हिल्सा सडक, तानसेन रिडी कोरला सडक र डुम्रे बेशीशहर चामे सडक पहिरोको कारण बन्द छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडी समान्य रुपमा चलेका छन् । मालबाहक गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । दशैँको यात्रा सहज बनाउन मालबाहक गाडी चलाउन रोकिएको छ । हिजो भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेकोको थियो । 

यस्तै पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन पोखरा सडक दुईतर्फी नै चलेको छ । सडकमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप