शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा भएको बस दुर्घटनामा पूर्व श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त

बिहीबार, २० असोज २०७९, २० : २४
बिहीबार, २० असोज २०७९

पूर्व श्रममन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठले बाराको अम्लेखगञ्जमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइते परिवारलाई उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

पूर्वमन्त्री श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै पथलैया–अम्लेखगञ्ज सडकखण्ड अन्तर्गत ३ नं पुलमा भएको बस दुर्घटनामा मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन  र घाइतेहरूको उपचार  सहज व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । बिहीबार चितवनबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको अम्लेखगञ्जमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १२ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरू हेटौडा स्थित चुरेहिल, हेटौडा अस्पताल र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप