शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङका विभिन्न स्थानमा पहिरो, सतर्कता अपनाउन आग्रह

बिहीबार, २० असोज २०७९, १७ : ५१
बिहीबार, २० असोज २०७९

पृथ्वी राजमार्ग अन्तरगत धादिङमा पर्ने विभिन्न सात स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङ अनुसार राजमार्गमा पर्ने धादिङका सात स्थानमा पहिरो गएको छ । 

धादिङ र काठमाडौँको सिमानामा पर्ने सुरुङमार्ग, महादेववेशी नगरपालिका–९ को खत्रीपौवा, बैरेनी, जरेखेत लगायतका स्थानमा पहिरो गएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी दिए ।

विभिन्न स्थानमा गएको पहिरो पन्छाएर बाटो खुलाएपनि महादेववेशीमा गएको पहिरो अझै खुलाउन सकिएको छैन । महादेववेशीमा दोहोरो बाटो बन्द भएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा राजमार्गका विभिन्न स्थानमा सवारीसाधनको लाम लागेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार अहिले बाटो खुलाउन स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय र प्रहरी लागिपरेको छ । स्थानीय तहका डोजर, निर्माण कम्पनीका डोजर आदि प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको सिडिओ लम्सालले जानकारी दिए । 

बिहीबार विभिन्न स्थानमा गएको पहिरोका कारण राजमार्गका विभिन्न स्थानमा बाटो अवरुद्ध भएको कारण लामो समय जाममा बस्नुपर्ने हुनसक्ने सिडिओ लम्सालले चेतावनी दिएका छन् । 

अन्यत्र एकतर्फीरुपमा बाटो खुलाइसकिएको भए पनि धुनिवेशीको बाटो खुल्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यहाँ एकतर्फीरुपमा बाटो खुलाउने प्रयास भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप