मुकेश अम्बानीलाई मार्ने धम्की दिने व्यक्ति बिहारबाट पक्राउ

person explore access_timeअसोज २०, २०७९ chat_bubble_outline0

मुकेश अम्बानी र उनको परिवारलाई मार्ने धम्की दिने  एक व्यक्तिलाई मुम्बई प्रहरीले बिहारको दरभंगाबाट पक्राउ गरेको छ ।


अभियुक्तको नाम राकेश कुमार मिश्र हो । मुम्बई प्रहरीका अनुसार राकेश मिश्रालाई बिहार प्रहरीको सहयोगमा राति पक्राउ गरिएको हो । राकेशलाई आईपीसीको धारा ५०६(२) र ५०७ अन्तर्गत पक्राउ गरिएको छ।



बुधबार एक अज्ञात व्यक्तिले साउथ मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा फोन गरेर अस्पताललाई बम बनाउने धम्की दिएका थिए। यस बाहेक उक्त व्यक्तिले मुकेश अम्बानी, उनकी श्रीमती नीता अम्बानी, छोरा आकाशलाई मार्ने र घर एन्टिला उडाउने धम्की दिएका थिए ।



धम्कीलाई ध्यानमा राख्दै भारत सरकारले हालै मुकेश अम्बानीलाई जेड प्लस सुरक्षा दिएको छ भने नीता अम्बानीलाई वाई प्लस सुरक्षा दिइएको छ । धम्कीपूर्ण फोन आएपछि अस्पताल र घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।