नरैनापुर आसपासका क्षेत्र जलमग्न

person explore access_timeअसोज २०, २०७९ chat_bubble_outline0

मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४ को घोडदौरिया, ५ को जमुनहा–६ को दोदरा क्षेत्रमा रहेका घरहरूका पानी पसे पछि जनजीवन प्रभावित बनेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।


गाउँपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरू जलमग्न हुनुका साथै दर्जनौँ बढी घरमा पानी पसेको जानकारी दिए । उनले भन्नुभयो,“विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ यकिन तथ्याङ्क सकंलन गर्न वडा अध्यक्षसहित टोल, टोलको अनुगमन गरी रहेको छु ।”



वडा नं. ४ का अध्यक्ष मनोज शर्माले भने, घोडदौरीया गाँउमा १० वटा घरमा क्षति पुगेको बताउँदै निरन्तर परिरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेको सचेत हुन स्थानीयहरूलाई अपिल गरेको बताए।



वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले भने कतिपय घरमा खोलाको पानी पसिसकेको अवस्था छ । समयमा पानी नपरे पछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तीमा पस्न थालेपछि थप समस्या भएको उनले गुनासो गरे ।

घरभित्रै पानी पसेपछि स्थानीयहरूले घरमा भएका सामान सार्न थालेका छन् । त्यहाँका स्थानीयले घरदेखि माथि पाल टाँगेर बस्न बाध्य भएका छन् । घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर बस्नु परेको स्थानीय लियाकत साईले बताउनु भयो ।

यता नरैनापुर गाउँपालिका अध्यक्ष शाहले निरन्तर पानी परिरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगी सकेको जानकारी दिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।