शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु

बिहीबार, २० असोज २०७९, १४ : ३८
बिहीबार, २० असोज २०७९

थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।  बन्दुकधारी एक पूर्वपुलिस अधिकारी रहेको र उनको खोजी भइरहेको जनाइएको छ । प्रधानमन्त्रीले सबै निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न सचेत गराएको सरकारी प्रवक्ताले बताए ।

थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना यदाकदा हुने गरेका छन् । सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तिमा २९ जनाको मृत्यु भएको थियो 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप