बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बारा बस दुर्घटनामा घाइते भएका २० जनालाई थप उपचारका लागि पठाइयो भरतपुर

बिहीबार, २० असोज २०७९, १४ : ३४
बिहीबार, २० असोज २०७९

बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा घाइते भएका २० जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । उनीहरुलाई हेटौंडाको विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–१४, नयाँ बस्ती बस्ने १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका अन्दाजी १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का अन्दाजी ५४ वर्षीय भीमसेन अधिकारीलाई उपचारका लागि चितवन पठाइएको हो ।

खैरेनीकै अन्दाजी ३८ वर्षीय रविना अधिकारी, हेटौंडा उपमहानगर–१४ चुरियामाइ बस्ने अन्दाजी ३४ वर्षकी ठुलीमाया स्याङ्तान, सोही स्थानकी अन्दाजी ३५ वर्षकी मञ्जुकुमारी लोप्चन, वीरगञ्ज महानगर–१६ निवासी अन्दाजी २२ वर्षीय रविना चौरसिया, सोही स्थानका अन्दाजी २५ वर्षीय सन्दीप चौरसिया, ४० वर्षीय लक्ष्मीदेवी चौरसिया, ६२ वर्षीय मालती चौरसिया पनि घाइते छन् । उनीहरुलाई पनि पुरानो मेडिकल कलेज भरतपुर उपचारार्थ पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै हेटौंडा उपमहानगर–७ का अन्दाजी १७ वर्षीय सोनिया श्रेष्ठ, जीतपुर सिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ११ वर्षका शिशिर विक, हेटौंडा उपमहानगर–१४ का अन्दाजी १५ वर्षीय प्रशान्त स्याङ्तान, वीरगञ्ज महानगर–१६ निवासी ११ वर्षीय दिवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बास्तोला, वीरगञ्ज–१६ बस्ने अन्दाजी ७ वर्षका दिपेश चौरसियालाई पनि थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी हेटौंडा उपमहानगर–८ बस्ने १७ वर्षीय सलमान आलम, सोही ठाउँका अन्दाजी १५ वर्षीय सवनम खातुन र हेटौंडा उपमहानगर–१४ निवासी अन्दाजी ७ वर्षीय सुविना घिसिङलाई पनि उपचारका लागि चितवन पठाइएको छ ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए । सो दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन भने बाँकी छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप