बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

टीका थाप्न माइती हिँडेकी महिलाको खोलाले बगाएर मृत्यु

बिहीबार, २० असोज २०७९, ११ : ३५
बिहीबार, २० असोज २०७९

दसैँको दिन बुधबार माइतमा टीका लगाउन हिँडेकी गुल्मीकी एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ । गुल्मीको गाउँपालिका वडा नम्बर नं. ५ की ४१ वर्षीय लक्ष्मी कुँवर सोही पालिकाको वडा नम्बर २ को पिपलधारामा टीका थाप्न माइत जाने क्रममा अरौदी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी निरीक्षक श्यामप्रकाश यादवले दिएको जानकारी अनुसार निरन्तर पानी परेर बाटो अवरुद्ध भएकाले शवलाई बिहीबार बिहान तम्घास ल्याई पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप