शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

खराब माैसमका कारण काठमाडौँ आउनुपर्ने विमान जनकपुरमा अवतरण

बिहीबार, २० असोज २०७९, ०९ : ५०
बिहीबार, २० असोज २०७९

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरकाे विमान जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौँ आउन नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।

बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो । हवाई सुरक्षाका नयाँ नियम अनुसार इनरूट (बाटाेमा पर्ने रुट)मा खराबी भए पनि विमान उडाउन पाइँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप