शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

बिहीबार, २० असोज २०७९, ०९ : ३५
बिहीबार, २० असोज २०७९

अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ । दसैँ टीका लगाउन मामा घर गएका छोरालाई लिन भनी गएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ४८ वर्षीय मदन डाँगीलाई स्थानीय खरैनी खोलाले बगाउँदा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । 

घर नजिकै रहेको ससुरालीमा छोरा दसैँ मनाउन गएको रातीसम्म पनि घर नफर्किएपछि छोरालाई लिन जाँदा खोलाले बगाउँदा बेपत्ता भएको डाँगीको शव बिहीबार बिहान गाउँ नजिकै खोला छेउमा फेला परेको प्रहरी प्रमुख वलीले भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप