शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरद्वारा थप दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

बिहीबार, २० असोज २०७९, ०८ : ४७
बिहीबार, २० असोज २०७९

उत्तर कोरियाले बिहीबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्ला २ हप्तामा उत्तरले प्रहार गरेको यो छैटौँ क्षेप्यास्त्र हो ।

प्योङयाङले बुधबार आफ्ना परीक्षणहरूलाई अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य प्रशिक्षणको जवाफ भएको बताएको थियो ।मंगलबार उत्तरले जापानमाथिबाट क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले संयुक्त राष्ट्रको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको थियो । बैठकमा अमेरिकाले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउनबाट चीन र रुसले बचाएको आरोप लगाएको थियो । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप