मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम बंगालमा एक्कासी बाढी, मूर्ति विसर्जन गर्न गएका ७ को मृत्यु , कयौँ बेपत्ता

बिहीबार, २० असोज २०७९, ०८ : ३८
बिहीबार, २० असोज २०७९

पश्चिम बंगालको जलपाईगुडी जिल्लामा बुधबार साँझ मूर्ति विसर्जनका क्रममा आएको बाढीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार जलपाईगुडीका एसपी देवर्षि दत्तले धेरै मानिस नदीमा फसेको र धेरै मानिस बगेको जानकारी दिएका छन् । हालसम्म  ७ जनाको शव फेला परेको र एनडीआरएफ र सिभिल डिफेन्स टोली उद्धार कार्यमा संलग्न छन्।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पीएम मोदीले ट्वीट गर्दै लेखेका छन्, ‘पश्चिम बंगालको जलपाईगुडीमा दुर्गा पूजाको पर्वमा भएको दुर्घटनाले मेरो मन दुखेको छ । म यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दछु।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप