शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा चुनावको चहलपहल बढ्यो

बिहीबार, २० असोज २०७९, ०८ : ०७
बिहीबार, २० असोज २०७९

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् ।  विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । 

मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् । प्रत्यक्षमा सिफारिस गर्दा महिला र पुरुषको अनुपात मिलाउन केन्द्रले भने पनि धेरैजसो पुरुष मात्र सिफारिसमा परेका छन् । 

नेकपा माओवादी केन्द्रले मात्र एक जना महिलालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ । समानुपातिकमा भने जिल्लाबाट ६३ जनाभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएको छ ।

 जसमा अधिकांश महिला छन् । जिल्लाबाट सिफारिसमा परेकाहरु टिकटका लागि शीर्ष नेता रिझाउन राजधानी धाउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप