शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हालान्डको गोल वर्षा जारी

बिहीबार, २० असोज २०७९, ०७ : ०६
बिहीबार, २० असोज २०७९

अर्लिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले कोपनहेगनमाथि गोलवर्षा गरेको छ । बुधबार राति च्याम्पियन्स लिगको समूह जी अन्तरगतको खेलमा सिटी ५–० गोलले विजयी भएको हो ।

खेलको सातौँ मिनेटमा नै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३२ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । हालान्डले प्रतियोगिताको २२ खेलमा २८ गोल गरेका छन् । योसँगै पहिलो ३० खेलमा सबैभन्दा धेरै गोल गर्ने रुड भान निस्टरलोयको कीर्तिमानलाई उनले भङ्ग गरेका छन् । यो सिजन उनले पेप ग्वार्डिओलाको टोलीका लागि १२ खेलमा १९ गोल गरिसकेका छन् ।

हालान्डको दोस्रो गोल लगत्तै कोपेनहेगनले आत्मघाती गोल गरेपछि पहिलो हाफ सकिँदा सिटीले ३–० को अग्रता बनायो । दोस्रो हाफमा रियाद महारेजले पेनाल्टीबाट सिटीको अग्रता फराकिलो बनाए भने जुलियन अल्भारेजले सिटीको पाँचौ गोल गरे । अब अगाामी खेलमा जीत हासिल गरे सिटी अन्तिम १६ मा प्रवेश गर्नेछ ।

समूहकै अन्य खेलमा बोरुसिया डर्टमन्डले स्पेनिस क्लब सेभियालाई उसैको घरेलु मैदानमा ४–१ गोलले हरायो । डर्टमन्ड ६ अङ्कसहित समूहको दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप