पहिलो टी–२० खेलमा अस्ट्रेलिया विजयी
बुधबार, १९ असोज २०७९, २० : ५९
अस्ट्रेलियाले पहिलो टी–२० खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य अस्ट्रेलियाले ७ विकेटको क्षतिमा पछ्यएको हो ।
अस्ट्रेलियालाई जीत दिलाउन कप्तान एरोन फिन्चले ५८ रनको योगदान दिए । म्याथ्यू वेडले नटआउट रहँदै ३९ रन बनाएर टोलीलाई जीतसम्म डोर्याए । वेस्ट इन्डिजका लागि सेल्डन कोट्रेल र अल्जारी जोसेफले २–२ विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेका वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कायल मायर्सले ३९ रन तथा ओडेन स्मीथले २७ रनको योगदान दिए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ तथा मिचेल स्टार्क र प्याट कमिन्सले २–२ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा