दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगायो

person explore access_timeअसोज १९, २०७९ chat_bubble_outline0
सांकेतिक तस्विर

अर्घाखाँचीको सन्धिखर्कमा दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा  बेपत्ता बनाएको  छ । सन्धिखर्क नगरपालिका वडा नम्बर(७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले आज दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 


पौडेलले एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान–७, चिदिचौर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक  कृष्ण घिमिरेले जानकारी दिए।  बच्चाको खोजी कार्य जारी रहे पनि आज रात परिसकेकोले भोलि पुनः खोजी गरिने प्रहरीले जनाएको छ। अर्घाखाँचीमा पानी परेपछि साना खहरे खोलाहरू बढेको स्थानीयले बताएका छन्।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।