बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी

बुधबार, १९ असोज २०७९, १४ : ४३
बुधबार, १९ असोज २०७९

दक्षिण कोरियाको सेनाले असफल मिसाइल प्रक्षेपणको लागि माफी मागेको छ। तटीय सहर ग्याङ्नुङमा अमेरिकासँगको संयुक्त अभ्यासका क्रममा क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो तर त्यो असफल भएपछि सर्वसाधारणमा त्रास फैलिएको थियो ।

शहरका मानिसहरूले ठूलो विस्फोटको आवाज सुने र मध्यरातमा भीषण आगो पनि देखेका थिए। सेनाले यस घटनामा कुनै मानवीय क्षति नभएको बताए पनि सेनाले सात घण्टा बितिसक्दा पनि घटनाको पुष्टि गरेको थिएन ।

यो मिसाइल प्रक्षेपण उत्तर कोरियालाई दिएको जवाफ मानिएको थियो ।  मंगलबार उत्तर कोरियाले जापानमाथिबाट मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक जापानमाथि मिसाइल परीक्षण गरेको छ । त्यसपछि अमेरिका, जापान र दक्षिण कोरियाले मिलेर सैन्य अभ्यास गरेर आफ्नो शक्ति देखाएका छन् ।

दक्षिण कोरिया र अमेरिकाले पूर्वी सागरमा मिसाइल प्रहार गरेका छन् । यद्यपि, पछि दक्षिण कोरियाली सेनाले आफ्नो एउटा मिसाइल असफल भएको पुष्टि गरेको थियो। यो मिसाइल अमेरिकासँग बाँकी रहेको मिसाइलभन्दा फरक थियो । सेनाले ह्युन्मु–२ मिसाइलमा हतियार बोकेको तर विस्फोट नभएको भन्दै माफी मागेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप