मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अरुणाचलमा भारतीय सेनाको चिता हेलिकप्टर दुर्घटना, एक पाइलटको मृत्यु

बुधबार, १९ असोज २०७९, १४ : ३८
बुधबार, १९ असोज २०७९

भारतीय सेनाले आफ्नो एउटा चित्ता हेलिकप्टर अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ । पीआरओ डिफेन्स तेजपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना बिहान १० बजे भएको र हेलिकप्टर नियमित निरीक्षणमा रहेको बताएको छ ।

दुर्घटनापछि दुवै पाइलटलाई सेनाको अस्पताल लगिएको थियो तर एकजना पाइलटको मृत्यु भएको थियो । दोस्रो पाइलटको उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप