ह्विलचियरले अपाङ्गता भएकाहरूमा ल्याएको खुसी

person explore access_timeअसोज १९, २०७९ chat_bubble_outline0

सोमबार बेलुका महोत्तरीको बर्दिबासमा गौरीबास-काठमाडौ  सेवा समाजले दिएको ह्विलचियरमा राखेर पुर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ध्रुव गौतमलाई यताउता डुलाएका छन् ।


नयाँ ह्विलचेयरमा बसेर गौतम डुल्न पाउँदा निक्कै खुसी देखिन्थे । उनी उमेरले ५५ बर्ष भए । जन्मजात अपाङ्गता भएका गौतम ५५ वर्षदेखि नै थलामा छन्  । दिशा, पिसाब गरेको समेत थाहा नपाउने भएपछि उनलाई  चार वर्षदेखि बाख्राको खोरमा राखिएको छ ।



उनले नेपाल सरकारले प्रदान गर्ने क श्रेणीको भत्ता त पाउँछन् तर गौतमका माइला दाइ विश्वनाथ गौतम पनि अपाङ्ग  छन् । दुई भाइ अपाङ्ग भएपछि उनीहरुको कान्छा भाइ रामप्रसाद गौतमलाई  निक्कै दु:ख छ ।



झण्डै चार दशक अगाडि सिन्धुलीको केहरेबाट आएका उनीहरु बर्दिबास(३ स्थित गौरिडाडामा बस्दै आएका छन् । उनीहरुका चार दाजुभाइमध्ये अर्को एक जना दाइ सिन्धुलीमा बस्दै आएका छन् । दुई अपाङ्ग दाजुभाइको स्याहारसुसारको जिम्मेवारी कान्छा भाइ रामप्रसाद गौतमले नै बोकेका छन्  ।

गौरिवास(काठमाडौ सेवा समाजले दिएको ह्विलचियर पाएपछि  अपाङ्गता भएका दाइलाइ मात्रै सहज त भएको छैन स्याहारसुसार गर्ने भाइ रामप्रसादलाइ पनि राहत भएको छ ।

पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको विशेष पहलमा ध्रुव गौतम जस्तै सोमबार अन्य ३ जनाले ह्विलचियर पाए । पोखरेलले घर(घरमा नै पुगेर ह्विलचियर मात्र वितरण गरेनन । प्रत्येकलाई   ह्विलचियरमा हाले अनि यताउता डुलाए । उनलाई  वडा अध्यक्ष बिराट बिष्टले साथ दिए ।

कतिपय  काम गर्दागर्दै अपाङ्ग बनेका थिए भने कतिपय जन्मजात । बर्दिबास(३ स्थित पाटुमा बस्ने कबिता खडकाको भने अली फरक कथा छ । घरमा लिपपोत गर्न माटोको ढिस्कामा पुरिएर कविताले कम्मरदेखि तलको भाग गुमाइन । उनको ढाड र मेरुदण्ड नै भाचिएपछि कम्मरदेखि तलको भाग चल्दै नचल्ने भएको छ ।

ह्विलचियरको साहारामा खड्काले यताउता डुल्न पाउने भएपछि निक्कै सहज वन्ने आत्मविश्वास ब्यक्त गरिन । कविताजस्तै रजावास र कालापानीका कुलबहादुर बराल र कर्णबहादुर पुलामीले पनि ह्विलचियर पाए । तर उनीहरु गौतमको जस्तो जन्मजात अपाङ्ग भने होइनन्  । बराल उमेरले ८० बर्ष भए बुढ्यौलीको समस्या नै बरालको लागी ह्विलचियर साहारा बन्यो । यसको जरुरत गौरिबास(काठमाडौले परिपुर्ति गरेको छ ।

कर्णबहादुर र कुलबहादुरको उस्तै समस्या हो । तर, दसैंको अघिल्लो दिन दिएको ह्विलचियर सबै जनाको लागी निक्कै उपयोगी सावित भएको छ । यसअघि पनि गौरिबास-काठमाडौ सेवा समाजले १६ वटा ह्विल चियर वितरण गरेको थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।