कुन देशमा कतिबेला छ विजयादशमीको टीकाको उत्तम साइत ?

विभिन्न देशमा रहेका नेपालीलाई दसैँको टीका कति बेला लगाउने भन्ने संशय हुन सक्छ । किनभने नेपालमा दिउँसो भएको समयमा कुनै देशमा राति पनि हुन सक्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरूको लागि टीकाको साइत कति बेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।
समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशमा कहिले र कुन समयमा विजया दशमीको टीका लगाउने भनेर साइत सार्वजनिक गरेको हो ।
विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूबाट विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखेकोले स्थानीय समयसहित आफूहरूले साइतबारे जानकारी दिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्न कुन आयोजनालाई कति बजेट ?
-
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण
-
रियल म्याड्रिडका प्रशिक्षक भन्छन्– ‘एमबाप्पेले क्लबमा छिट्टै रोनाल्डोको स्थान लिनेछन्’
-
कब्जियत हुने पाँच कारण
-
ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
-
७ महिनामा १ खर्ब २७ अर्बको निर्यात हुँदा आयात झण्डै १० खर्ब