शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हनुमानढोका दरबारको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा

मङ्गलबार, १८ असोज २०७९, २० : ३८
मङ्गलबार, १८ असोज २०७९

हनुमानढोका दरबारस्थित मूल चोकमा आज बिहान ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गरिएको छ । यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ । मूर्ति राखिएको स्थलमा सोमबार राति पनि ५४ बोका र ५४ राँगाको बलि दिएर राज्यका तर्फबाट कालरात्रि पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

तलेजु भवानीको मूर्तिलाई मूलचोकमा राखिए पनि मन्दिरमा भने अहिले पनि भक्तजनले दर्शन गरिरहेका छन् । यो मन्दिर प्रत्येक वर्ष बडादसैँको महानवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । यहाँ भक्तजनले कलशको दर्शन गरेर फर्कने पनि उनले बताए । 

मन्दिर भक्तजनका लागि आज बिहान ४ः३० बजे खुला गरिएको थियो । भक्तजन भने त्यसअघिदेखि नै लाममा बसेको कार्यालयले जनाएको छ । आज भारी वर्षा भए पनि भक्तजन भने अझै लाममा बसेका छन् । मूर्तिलाई भने बुधबार विजयादशमीका दिनमात्र मन्दिरमा फर्काइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप