भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

person explore access_timeअसोज १८, २०७९ chat_bubble_outline0

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस बर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो ।  


क्वान्टम मेकानिक्सको खोजका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट उनीहरू सम्मानित हुने भएका हुन् । उनीहरूलाई ‘अल्झिएको फोटोनहरूको प्रयोग, बेल असमानताहरूको उल्लङ्घन स्थापित गर्न र क्वान्टम सूचना विज्ञानको अग्रगामी स्थापना गर्नका लागि’ खोज तथा योगदान गरेबापत् सम्मानित गरिएको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार समितिले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।



क्वान्टम कम्प्युटर, नेटवर्क र सुरक्षित इन्क्रिप्टेड सञ्चारका लागि मार्ग प्रशस्त गर्ने क्वान्टम मेकानिक्सको क्षेत्रमा भएका खोजका लागि उनीहरू पुरस्कृत बनेका हुन् । खोजले दुई उप–पारमाणविक कणहरू छुट्टिए पनि एउटै इकाईको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ ।



प्रत्येक वैज्ञानिकले ‘जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर आधारभूत प्रयोगहरू गरे, जहाँ दुई कणहरू अलग हुँदा पनि एउटै एकाइ जस्तै व्यवहार गर्छन्,’ समितिले भनेको छ । “खोज परिणामहरूले क्वान्टम जानकारीमा आधारित नयाँ प्रविधिको लागि मार्ग प्रशस्त गरेको छ ।

भौतिकशास्त्रको नोबेल कमिटीका अध्यक्ष एन्डर्स इरब्याकले भने, “नयाँ प्रकारको क्वान्टम प्रबिधिको उदय भइरहेको खोज र यसको परिणामबाट स्पष्ट भएको छ । “क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र हो,” भौतिक विज्ञानको नोबेल समितिका सदस्य इभा उल्सनले भनिन् । 

उनले थपिन्, “यसका सुरक्षित सूचना स्थानान्तरण, क्वान्टम कम्प्युटिङ र सेन्सिङ टेक्नोलोजी जस्ता क्षेत्रहरूमा व्यापक र सम्भावित प्रभावहरू छन् ।”

फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस–सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध वैज्ञानिक हुन् । अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी स्थापना गरी वैज्ञानिक खोज गर्दै आएका छन् ।

त्यसैगरी ७७ वर्षका एन्टोन साइलिङ्गर भियना विश्वविद्यालयमा संलग्न वैज्ञानिक हुन् । यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए । ​चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयबुलाई प्रदान गर्ने घोषणा सोमवार गरिएको थियो।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।