जम्मू कश्मीरका डाइरेक्टर जेनरल हत्या मामिलामा नोकर पक्राउ
मङ्गलबार, १८ असोज २०७९, १८ : ०७
जम्मू कश्मीरका डाइरेक्टर जेनरल हेमन्त लोहियाको शंकास्पद परिस्थितिमा मृत्यु भएको सम्बन्धमा प्रहरीले उनको नोकरलाई पक्राउ गरेको छ।
जम्मुमा रहेका बीबीसीका सहयोगी पत्रकार मोहित कंधारीले २३ वर्षीय नोकरलाई पक्राउ गर्न जम्मु कश्मीर प्रहरीले रातभर खोजी अभियान चलाएको बताएको छ । अभियुक्त यासिरसँग सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ । यासिरलाई रामबन जिल्लाको कन्हाचक इलाकाबाट पक्राउ गरिएको हो ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार यासिर लोहार रामबन जिल्लाको हल्ला धन्द्रथ गाउँका बासिन्दा हुन्। हेमन्त लोहियाको शव सोमबार राति जम्मूको बाहिरी इलाकामा उनको साथीको घरबाट भेटिएको थियो। अधिकारीहरुले यो हत्याको घटना भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न