शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा लिङ्गे पिङ...

मङ्गलबार, १८ असोज २०७९, १७ : ४५
मङ्गलबार, १८ असोज २०७९

दसैँको एउटा रोमाञ्चक पक्ष हो लिङ्गे पिङ । पिङ अन्य बेलामा पनि बनाउन र खेल्न मिल्छ तर, दसैँमा लिङ्गे पिङबाट पाइने उन्मुक्त खुसी सायदै अरुबेला नपाउन सकिन्छ । अझ दसैँमा एकपटक धरती छाड्नै पर्छ भन्ने जनविश्वास पनि छ । त्यसैले होला दसैँको टिकाको दिन त पिङ खेल्न चाहनेको सङ्ख्या उल्लेख्य नै हुन्छ । ‘दसैँमा लिङ्गे पिङ मनोरञ्जनको उत्कृष्ट साधन हुने र धरती छाड्नै पर्छ भन्ने जनविश्वासले नै प्रचलनमा छ’, संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन् । 

अर्कातर्फ पिङ स्वास्थ्यका लागि पनि हितकर मानिन्छ । लिङ्गे पिङ मच्चाउन बल लगाउँदा हुने कसरतले स्वास्थ्यमा ठुलो फाइदा पु¥याउँछ । दसैँमा हाम्रो खानपिन मिठो पसिनो चिल्लोले अनियमित भइरहेको हुन्छ । अर्कातर्फ हामी नियमित व्यायामबाट पनि चुकिरहेकै हुन्छौँ । यस्तो अवस्थामा उठ्दै बस्दै पिङ मच्चाउनुले शारीरिक व्यायाममा ठुलो अर्थ राख्छ। तसर्थ दसैँमा लिङ्गे पिङको महत्त्व झनै बढी रहन्छ । 

विशेष गरी दसैँ र तिहार पर्व लक्षित भएर लिङ्गे पिङ बनाउने चलन रहेको छ । पिङको मज्जा लिन बालबालिकादेखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि हतारिरहेका हुन्छन् । तर, पछिल्ला वर्षहरूमा लिङ्गे पिङको सङ्ख्या गाउँ होस् वा सहर कमै देखिन्छ ।

भिडियो : आशिष पुरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप