शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जेलमा भएको  दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु

मङ्गलबार, १८ असोज २०७९, १६ : ३२
मङ्गलबार, १८ असोज २०७९

इक्वेडरको मध्य इक्वेडर सहर लाटाकुंगामा रहेको एक जेल दङ्गामा परी सोमबार दिउँसो कम्तीमा १५ कैदीको मृत्यु हुनुका साथै २० जना घाइते भएका इक्वेडरको राज्य महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

 कैदीहरूको समूहबीच भएको भिडन्तपछि पन्ध्र शवहरु फेला परेका अधिकारीहरुले ट्वीट गरेको बताइएको छ ।  लागूऔषध विरोधी अधिकारीहरूले मुख्य लागूऔषध तस्करहरू मध्ये एक मान्निने र मनी लान्ड्रिङको आरोपमा मुद्दा चलाइएको लिआन्ड्रो नोरेरो पनि मारिएका मध्ये एक रहेका जनाइएको छ ।

दङ्गाको कारण अझै अनुसन्धानरत रहेको जनाइएको छ । इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । सन् २०२१ कारागार हिंसामा परी ३०० भन्दा बढी कैदीहरु माएिका थिए ।  सन् २०२२ मा पनि यो स्थिति जारी रहेको बताइएको छ ।

सरकारले कारागार नियन्त्रणका लागि लागूऔषध कारोबारी समूहबीचको झडपका कारण बारम्बार कारागारमा भएको दङ्गालाई जिम्मेवार ठहर गर्दै लागूऔषध माफियाविरुद्ध लड्ने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप