बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनयमा कम्ब्याक गर्दै उर्मिला

मङ्गलबार, १८ असोज २०७९, १२ : ५७
मङ्गलबार, १८ असोज २०७९

लामो समयपछि बलिउड अभिनेत्री उर्मिला मातोन्डकर एकपटक फेरि अभिनयको दुनियाँमा फर्किन तयार भएकी छिन् । अभिनेत्री सौरभ वर्माको आगामी वेब सिरिज 'तिवारी'बाट ओटीटी प्लेटफर्ममा डेब्यु गर्न लागेकी हुन् । 

फिल्मको फर्स्ट लुक ३ अक्टोबरमा सार्वजनिक गरिएको थियो । चलचित्रको पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै अभिनेत्री आफैँले सिरिजको घोषणा गरेकी हुन् । पोस्टर हेर्दा उर्मिला सिरिजमा एकदमै फरक स्टाइलमा एक्शन गर्दै देखिने अनुमान गर्न सकिन्छ ।

फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा तिवारीको पोस्टर सेयर गर्दै लेखेका छन्– उर्मिला आफ्नो आगामी वेब सिरिज तिवारी मार्फत ओटीटीको दुनियाँमा पाइला टेक्ने छिन् । पोस्टरमा उर्मिला रगत र अनुहारमा छरिएका कपालमा बिल्कुलै फरक देखिएकी छिन् । पोस्टर हेर्दा उर्मिला यस सिरिजमा एक्सन गर्दै देखिने देखिन्छ । 

मिडिया रिपोर्टका अनुसार उर्मिलाको यो सिरिज आमा र छोरीको भावनात्मक सम्बन्धमा आधारित छ । यति मात्र होइन, फिल्मको कथा एउटा सानो सहरको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप