दमौली अस्पतालको व्यथा : एक्सरे मेसिन बिग्रियो, भिडियो एक्सरे चलाउने डाक्टर नै छैन, मारमा बिरामी

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा विभिन्न किसिमका सेवा सुविधा भए पनि जनताले पाउन सकेका छैनन् । दमौली अस्पताल तनहुँवासीको लागि मात्रै नभई छिमेकी जिल्ला स्याङ्जा, गोरखा, लमजुङ लगायतका स्थानबाट स्वास्थ्य उपचारका लागि आउने गरेका छन् ।
तर उक्त अस्पतालमा आउने विरामीले कहिले निःशुल्क औषधी पाउदैनन् त कहिले एक्सरे सेवा नै पाउदैनन् । उक्त अस्पतालमा रहेको एउटा मात्र एक्सरे मेसिन बिग्रिँदा लामो दुरीबाट उपचारका लागि आउने विरामीहरु यत्तिकै फर्कन बाध्य भएका छन् ।
केहि विरामीले चर्को शुल्क तिरेर बाहिरी क्लिनिकबाट एक्सरे गराउनुपर्ने अवस्था रहेको छ । उक्त अस्पतालमा रहेको भिडियो एक्सरे पनि दमौली अस्पतालका प्रमुख डा. पवनजंग रायमाझी काठमाण्डौ गएपछि भिडियो एक्सरे मेशिन चलाउन सक्ने चिकित्सक नहुँदा विरामीहरुका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने जस्तो बनेको छ ।
अस्पतालमा आउने विरामीहरुको एक्सरे गर्नुपर्ने अवस्था आएको खण्डमा बाहिर गरेर आउन विरामीलाई सल्लाह दिने गरेको उक्त अस्पतालकी डा. सन्जु पौड्यालले बताइन् । ‘एक्सरे मेसिन विग्रिएको तीन दिन भयो,’ उनले भनिन्, ‘विरामीको अवस्था हेरेर एक्सरेका लागि बाहिर क्लिनिकहरुमा पठाउने गरेको छौ । सामान्य अवस्थाका विरामीहरुलाई एकडेढ हप्ता पछि आउन भनिएको छ ।’
‘भिडियो एक्सरे भने बिग्रिएको छैन,’ डा. पौड्यालले भनिन्, ‘यस सम्वन्धि अनुभव भएका डा. पवनजंग रायमाझी काठमाण्डौ गएकोले सेवा भने अवरुद्ध भएको हो ।’
अस्पतालमा आउने विरामीहरुलाई हामीले दिन सक्ने सेवा दिइरहेको बताउँदै उनले एक्सरे मेशिन पटक पटक बिग्रदाँ सर्वसाधारणले सास्ती भोग्नुपरेको स्वीकार गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप
-
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी अभियानको आन्दोलन छोट्यायो
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी