शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, बिहानैदेखि भक्तजनको भिड

मङ्गलबार, १८ असोज २०७९, ०७ : ३४
मङ्गलबार, १८ असोज २०७९

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । 

तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । खुलेसँगै तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहानैदेखि नै भक्तजनको लाम लागेको छ । 

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप