गोन्जालोद्वारा फुटबल जीवनबाट सन्यासको घोषणा

person explore access_timeअसोज १८, २०७९ chat_bubble_outline0

अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले सन्यासको घोषणा गरेका छन्। उनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्।


उनले २०२२ सिजनको अन्त्यपछि फुटबल नखेल्ने घोषणा गरेका हुन्।  ३४ वर्षीय उनले चार सिजन युभेन्ट्समा बिताएपछि मियामीमा खेल्न थालेका थिए । सन् २०१६ मा नापोलीबाट युभेन्ट्स पुगेका उनले १४९ खेलमा ६६ गोल गरेका थिए।



हिगुईनले क्लब फुटबलमा ७ सय बढी खेल खेल्दै ३ सय बढी गोल र १ सय बढी असिस्ट गरेका छन् । अर्जेन्टिनाका लागि उनले ७५ खेलमा ३१ गोल गरेका थिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।