आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १८ असोज २०७९, ०६ : ३०
मङ्गलबार, १८ असोज २०७९

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ।   युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप