शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्कामा न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गरिने

सोमबार, १७ असोज २०७९, २१ : ५९
सोमबार, १७ असोज २०७९

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताएका छन् ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रहेको र देशले यस्तो समाज निर्माण गर्नुपर्ने बताएका हुन् । उनले मानिसहरू आफ्नै घरमा खुशीसाथ बाँच्न सकून् भन्ने सरकारको सदिक्षा रहेको बताए ।

उनले भने, “यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण सुरु गर्नेछ । यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई अर्ध–सहरी जनसङ्ख्यालाई पनि फाइदा पुर्‍याउनेछ ।” राष्ट्रपति विक्रमासिङ्घेले न्यून आय भएका परिवारलाई उनीहरूको आवश्यकताका बारेमा परामर्श गरी आवास एकाइ उपलब्ध गराउनुपर्ने बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप