बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनयमा रमाउँदै छु : अभिनेत्री  बुढाथोकी

सोमबार, १७ असोज २०७९, १८ : १८
सोमबार, १७ असोज २०७९

मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् । ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । भारतीय म्युजिक भिडियोमा अभिनय गरिसेकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गरिनन् । “म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु”, उनले भनिन् । 

उनी नेपालबाटै मोडलिङको सुरुआत गरेर उहाँ भारतस्थित मुम्बईमा काम गरिरहेकी छिन् । नेपालमा एक विज्ञापनमा काम गरेपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’ मा मोडलिङ गर्ने प्रस्ताव आएको थियो । त्यसयता उनी मुम्बईमै मोडलिङ गरिरहेकी छिन् । “मैले मुम्बई वा नेपाल भनेर काम गरिरहेकी छैन । जहाँ मलाई प्रस्ताव गरिन्छ, बुझेर काम गर्ने गरेकी छु”, उनले भनिन्। 

यहाँको ‘वर्किङ कल्चर’ले उहाँलाई समस्या पार्ने रहेछ । उहाँ भन्छिन्, “हामीकहाँ अझै व्यावसायिकता कम छ । काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’ लाई असर गर्छ”, अभिनेत्री बुढाथोकीले भनिन् । काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने उहाँको बुझाइ छ । उनले डेब्यु फिल्ममा छायाङ्कनका लागि पटकपटक नेपाल आउँदा काम नभएपछि फर्किनुपरेको थियो । 

यही कारण पनि दोस्रो फिल्म उनले होम प्रोडक्सनकै गरिन् । “म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ”, अभिनेत्री बुढाथोकीले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप