राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने, यस्ताे छ तालिका

person explore access_timeअसोज १७, २०७९ chat_bubble_outline0

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छिन्। राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।


राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ । टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।



२०७९ सालको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुनेछ । उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।