शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस नेता भट्टराई र यादवले लिए समानुपातिकबाट नाम फिर्ता

सोमबार, १७ असोज २०७९, १६ : ११
सोमबार, १७ असोज २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले समानुपातिकको सूची नाम फिर्ता लिएका छन् । सोमबार दिउँसो निर्वाचन कार्यालय गएर समानुपातिकबाट नाम फिर्ता लिएका हुन् । कांग्रेसले उनको नाम खस–आर्य पुरुषतर्फ चौथो नम्बरमा राखेको थियो । तनहुँ –१ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा सिफारिस भएका भट्टराईलाई समानुपातिकमा राखिएको थियो ।

सत्ता गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने भएपछि भट्टराईलाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको थियो । तर उनले तनहुँ – १ बाटै प्रत्यक्ष चुनाव लड्ने भन्दै नाम फिर्ता लिएका छन् ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य चन्द्रमोहन यादवले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन् ।

पार्टीले कायम गरेको विधि विपरित बन्द सूचीमा वरीयताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा नाम पेश गरिएकोले आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको उनले बताए । कांग्रेसले बन्द सूचीमा यादवको नाम मधेसीतर्फ ३ नम्वरमा राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप