बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

महराले हटाए समानुपातिक सूचीबाट नाम

सोमबार, १७ असोज २०७९, १६ : ०४
सोमबार, १७ असोज २०७९

नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले रातोपाटीसँग कुरा गर्दै महाराको नाम समानुपातिक सूचीबाट हटाएको जानकारी दिएका हुन् ।

यसअघि माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा महराको नाम खस आर्य क्लस्टरबाट १ नम्बरमा रहेको थियो । महराले नै आग्रह गरेपछि उनको नाम हटाइएको ढकालको भनाइ छ । महराको स्थानमा हितराज पाण्डेको नाम १ नम्बरमा राखिएको ढकालको भनाई छ । २०७४ सालको निर्वाचनमा महरा दाङ–२ बाट निर्वाचित भएका थिए । यसपटक प्रत्यक्षबाट उनको नाम दाङ र रोल्पाबाट सिफारिस भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप