शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चच हुईऽऽऽ

सोमबार, १७ असोज २०७९, १५ : ०७
सोमबार, १७ असोज २०७९

नेपालीको महान् चाड दसैँमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि काठमाडौँका गाउँघरमा पिङ कमै देख्न पाइन्छ । विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ ।

नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ । वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दसैँलाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेका छन् ।  दक्षिणकालीको फर्पिङमा मानिसहरू भेला भएर पिङ उत्साहका साथ खेलेका छन् । हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप