बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दिदी-बहिनी समाज मेलबर्न म्याराथन महोत्सवमा सहभागी

सोमबार, १७ असोज २०७९, १४ : ४५
सोमबार, १७ असोज २०७९

नेपाली समुदायको तर्फबाट दिदी-बहिनी समाज भिक्टोरियाले मेलबर्न म्याराथन महोत्सव २०२२ मा संस्थागत रूपमा पहिलो पटक सहभागिता जनाएको छ । उक्त महोत्सवमा नेपाली समुदायले नेपलिज रनर्स एन्ड वाकरको नामबाट सहभागिता जनाएको थियो । 

अन्तर्राष्ट्रिय स्तरको खेलको लागि एक लाखभन्दा बढी क्षमता भएको मेलबर्नको मेलबर्न क्रिकेट ग्राउन्डमा उक्त महोत्सवका लागि सहभागिता जनाएका करिब ३५ हजारबीच नेपाली समुदायले शारीरिक र मानसिक स्वास्थ्य सचेतनाका लागि दिदी-बहिनी समाज भिक्टोरियाको समन्वयमा सहभागिता जनाएको हो ।

उक्त महोत्सवमा नेपाली समुदायका तर्फबाट ४२ किमी, १० किमी, ५ किमी, ३ किमी र हिँडाइ गरी ५ फरक फरक विधामा ५० भन्दा बढीद्वारा सहभागिता जनाइएको थियो । यो महोत्सवमा दिदी-बहिनी समाज भिक्टोरियाले २०२० मा नै सहभागिता जनाउने योजना रहे तापनि कोभिडका कारण यो सम्भव हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप