बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले कार्चेनलाई विश्वास पात्र बनाएपछि एमाले प्रवेश गर्दै छक्कबहादुर

सोमबार, १७ असोज २०७९, ११ : ५०
सोमबार, १७ असोज २०७९

सुर्खेत। नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गर्ने भएका छन्। उनी यतिबेला हुम्लाका एमाले नेताहरु सहित प्रवेशका लागि अध्यक्ष केपी ओली निवास बालकोट पुगिसकेका छन्।

एमाले हुम्ला जिल्ला सह(इन्चार्ज दल रावलले लामा अबको केही समयमा अध्यक्ष केपी ओलीको हातबाट टीका ग्रहण गर्दै एमाले प्रवेश गर्न लागेको रातोपाटीलाई बताए । ‘अध्यक्ष ज्यु अन्य केही कार्यक्रममा व्यस्त भएकाले हामी प्रतिक्षामा बसिरहेका छौँ,’ रावलले भने ।

लामा तिनै व्यक्ति हुन् जसले ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवारविरुद्ध बागी उठेर चुनाव जितेर सबैलाई छक्क पारेका थिए । जम्मा ४७ मतान्तरले चुनाव जितेका थिए ।  २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए । उनी राजाकै पालामा एक पटक मन्त्रीसमेत भइसकेमा व्यक्ति हुन् ।

प्रतिनिधिसभाका सांसदसमेत रहेका उनी माओवादीको केन्द्रीय सदस्यसमेत हुन् । हुम्लामा लामा पार्टी भन्दा पनि व्यक्तिगत रुपमा बलिया नेताका रुपमा परिचित छन्।  उसो त उनी नेकपा विभाजन हुनेबेला पनि एमालेतर्फ नै मोडिएका थिए ।ओलीले महाधिवेशनमा आयोजक समितिका सदस्य बनेका लामा अन्तिम आयर दाहाल र नेपाल समूहतर्फ लागेका थिए ।

उनी आसन्न निर्वाचनमा प्रतिनिधिसभाको लागि सिफारिस नभएपछि एमाले प्रवेश गर्न लागेको माओवादी वृत्तमा चर्चा छ । हुम्लामा प्रतिनिधि सभाको उम्मेदवारका लागि कार्चेन लामालाई माओवादीले  सिफारिस गरेको छ। स्रोतका‌‌ अनुसार कार्चेन छक्कबहादुरको साला नाता पर्छन् ।

प्रचण्डले कार्चेनलाई विश्वास पात्र बनाएर नै कर्णालीमा मन्त्री बनाएका थिए । गैरसांसद लामालाई मन्त्री बनाएपछि उनको चर्को विरोधसमेत भएको थियो ‌।

छक्कबहादुरलाई ब्याक गराएर उनकै साला कार्चेनलाई मन्त्री बनाएपछि हुम्लामा लामा समुदायमा माओवादीले आफ्नो प्रभाव बढाउन सकिने अपेक्षासहित प्रचण्डले कार्चेनलाई अघि सारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप